Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरणमा तत्काल उच्चस्तरीय छानबिन समिति बन्दैन : रेखा शर्मा

सुन प्रकरणमा तत्काल उच्चस्तरीय छानबिन समिति बन्दैन : रेखा शर्मा

  • बिहिवार, श्रावण १८ २०८०

  • 1.0K
    SHARES

  • सुन प्रकरणमा तत्काल उच्चस्तरीय छानबिन समिति बन्दैन : रेखा शर्मा

    काठमाडौं । सरकारले सुन प्रकरणमा तत्काल उच्चस्तरीय छानबिन समिति नबन्ने प्रष्ट पारेको छ ।

    मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारी प्रवक्ता रेखा शर्माले अहिले सरकारले नै अनुसन्धान गरिरहेको बताउनुभयो ।

    उहाँले सरकारले दृढतापूर्वक यो विषयमा नउभिएको भए सुन पनि नसमातिने बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘सरकारले नै छानबिन गरिरहेको अवस्थामा छ । राजस्व अनुसन्धानजस्तो सरकारको शक्तिशाली विभागले अनुसन्धान अगाडि बढाइरहेको बेलामा फेरि अर्को अनुसन्धान समिति बनाउने कुराले यसलाई डाइभर्ट गरेर अनुसन्धान प्रभावकारी नहुन सक्छ ।’

    अहिलेको छानबिनलाई कुरेर पछि प्रभावकारी नलागेको अवस्थामा समिति बनाइनसक्ने उहाँको भनाइ छ ।

    उहाँले सदनको विषयमा छलफल चलिरहेकाले केही दिनमा कुरा मिलेर खुल्ने विश्वास व्यक्त गर्नुभयो। सरकार सुशासनको पक्षमा दृढताको पक्षमा उभिएको उल्लेख गर्दै भ्रष्टाचारको विकृति र विसंगतिविरुद्ध अभियानको रूपमा अगाडि बढिरहेको उहाँको जिकिर थियो ।


    बिहिवार, श्रावण १८ २०८००४:१२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij