Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

ललिता निवासको जग्गा फिर्ता गर्ने शर्तमा सिद्धिका खेतान रिहा

ललिता निवासको जग्गा फिर्ता गर्ने शर्तमा सिद्धिका खेतान रिहा

  • बिहिवार, श्रावण १८ २०८०

  • 1.2K
    SHARES

  • ललिता निवासको जग्गा फिर्ता गर्ने शर्तमा सिद्धिका खेतान रिहा

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले जग्गा फिर्ता गर्ने शर्तमा सिद्धिका खेतानलाई छाडेको छ।

    खेतानलाई बुधवार हाजिरी जमानीमा छाडिएको सीआईबीले जनाएको छ।

    ललिता निवासको ७ आना ३ पैसा जग्गा खेतानको नाममा गएको देखिएको थियो। स्रोतका अनुसार खेतानले जग्गा फिर्ता गरिदिने भन्दै विभिन्न कार्यालयमा निवेदन दिएकी थिइन्।

    काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले खेतानलाई हाजिरी जमानीमा छाड्न अनुमति दिएको थियो। यस्तै समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख रमेशप्रसाद पोखरेल पनि हाजिरी जमानीमा छुटेका छन्।

    काठमाडौं जिल्ला अदालतले थुनाका लागि थप म्याद नदिएपछि पोखरेललाई हाजिरी जमानीमा छाडिएको सीआईबीका एक अधिकारीले जानकारी दिए।

    सीआईबीले सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।


    बिहिवार, श्रावण १८ २०८००२:३७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij