Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक नियुक्त

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक नियुक्त

  • मंगलवार, श्रावण १६ २०८०

  • 2.0K
    SHARES

  • कोशीको मुख्यमन्त्रीमा कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक नियुक्त

    काठमाडौं । कोशीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक आज नियुक्त हुनुभएको छ । सभामुख बाबुराम गोतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

    दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि थापालाई विश्वासको मतका लागि राप्रपाको समर्थन अपरिहार्य हुन्छ । तर राप्रपाले गठबन्धनको सरकारलाई समर्थन नगर्ने प्रस्ट पारिसकेकाले उहाँको सरकार ३० दिनका लागिमात्रै हुने देखिएको छ ।

    सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा ९एकीकृत समाजवादी० का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याएको हो ।

    एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् । सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा गौतमले पदबाट राजीनामा दिन सहमत हुनुभएको हो ।


    मंगलवार, श्रावण १६ २०८००५:३४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij