Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

डिजेल र पेट्रोलको मुल्य अत्यधिक बढेर आयो,कति पुग्यो मुल्य.....

डिजेल र पेट्रोलको मुल्य अत्यधिक बढेर आयो,कति पुग्यो मुल्य.....

  • मंगलवार, श्रावण १६ २०८०

  • 2.7K
    SHARES

  • डिजेल र पेट्रोलको मुल्य अत्यधिक बढेर आयो,कति पुग्यो मुल्य.....

    काठमाडौं । भारतबाट पेट्रोल तथा डिजेलको मूल्य अत्यधिक बढेर आएको छ।

    भारतीय आयल कर्पोरेसन (आईओसी)ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

    यस्तै मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ रूपैयाँले बढेको छ । खाना पकाउने ग्यासको मूल्य भने एक सय रूपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ।

    नेपालमा साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू भइसकेको छ । यस आधारमा भारतबाट बढेर आएको मूल्य यहाँ पनि बढ्ने र घटेर आएको मूल्य घट्ने निगमले जनाएको छ ।

    आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ ।


    मंगलवार, श्रावण १६ २०८००१:५५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij