Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र रास्वपा प्रमुख सचेतक सन्तोष परियारबीच भेट, के भयो कुराकानी?

प्रधानमन्त्री प्रचण्ड र रास्वपा प्रमुख सचेतक सन्तोष परियारबीच भेट, के भयो कुराकानी?

  • सोमवार, श्रावण १५ २०८०

  • 694
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र रास्वपा प्रमुख सचेतक सन्तोष परियारबीच भेट, के भयो कुराकानी?
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ ।
     
    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । संसदीय समितिको सभापति चयनका विषयमा पनि छलफल भएको प्रमुख सचेतक परियारले जानकारी दिनुभयो ।
     
    साथसाथै आफूले संसद् गतिशील र प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्दै ‘संसद्ले नीति निर्माण गर्ने कुरामा ढिला भइराखेको’ पनि प्रधानमन्त्रीलाई बताएको परियारले जानकारी दिनुभयो ।
     
    सदन र समितिलाई प्रभावकारी बनाउने गरी रास्वपालाई भूमिका खेल्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन् । जारी सदनको अवरोध हटाउने विषयमा पनि छलफल भएको प्रमुख सचेतक परियारले बताउनुभयो  ।


    सोमवार, श्रावण १५ २०८०१०:४९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij