Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संघीय सरकारले वीरगन्जलाई सौतेला व्यवहार गर्‍यो, संघबाट आउने सहयोग साह्रै न्यून छ : मेयर सिंह

संघीय सरकारले वीरगन्जलाई सौतेला व्यवहार गर्‍यो, संघबाट आउने सहयोग साह्रै न्यून छ : मेयर सिंह

  • सोमवार, श्रावण १५ २०८०

  • 629
    SHARES

  • संघीय सरकारले वीरगन्जलाई सौतेला व्यवहार गर्‍यो, संघबाट आउने सहयोग साह्रै न्यून छ : मेयर सिंह
    काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफूले कुनै पनि अनियमितता नगरेको  दाबी  गर्नुभएको छ । उहाँले अनियमितता गरेको भेटिए जुनसुकै सजाय भोग्न तयार रहेको बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कले सुरु गरेको कार्यक्रम पालिका बहसमा सँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘मैले अरूको कुरा होइन, वीरगन्जबासीको कुरा सुन्ने हो । अहिले मेरो नातेदार वा परिवारको नाम जोडेर जुन डिप बोरिङको प्रचार गरिएको छ, त्यसमा कुनै सत्यता छैन । यो वीरगन्जको विकास विरोधी विपक्षीको काम हो । म खुला चुनौती दिन्छु, त्यसमा मैले कुनै अनियमितता गरेको भए वा ऐन कानुन मिचेको भए म सजाय भागी हुन तयार छु । राजनीतिक जीवनबाट सन्न्यास लिन पनि तयार छु ।’ 
     
    मेयर सिंहले आफूले वीरगन्जको गुरुयोजना बनाएर काम गरेको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘म आफ्नो आफैं बखान गर्दिनँ । तपाईं वीरगन्ज आएर हेर्नुस्, नगरबासीलाई सोध्नुस् । सुनेको भरमा होइन, हेरेर टिप्पणी गर्नुपर्छ । मैले कार्यभार सम्हालेको १४ महिना ३ दिन भयो । शिक्षा, स्वास्थ्य, पर्यटन विकास निर्माण, सडक, सौन्दर्यीकरण आदि थुप्रै कामको थालनी गरेको छु ।’
     
    आफूलाई जनताको कामसँग मात्र मतलब भएको पनि सिंहले बताउनुभयो । वीरगन्ज महानगरको सबै ठेक्का इ–बिडिङको माध्यमबाट हुने भएकाले कुनै व्यापारीको नाम जोड्नु आवश्यक नरहेको पनि उहाँको तर्क छ ।
     
    संघीय सरकारले वीरगन्जलाई सौतेला व्यवहार गरिरहेको आरोप पनि उहाँले लगाउनुभयो । मेयर सिंहले भन्नुभयो, ‘भन्न त वीरगन्जलाई आर्थिक नगरी भनिन्छ । तर संघले वीरगन्जलाई सौतेला व्यवहार गरेको छ । हाम्रो आन्तरिक स्रोत कम छ । संघबाट आउने सहयोग साह्रै न्यून छ । वीरगन्ज र काठमाडौं दुवैमा ३२ वडा छन् । काठमाडौं जम्मा ५० वर्ग किलोमिटर क्षेत्रफलमा छ, वीरगन्ज १३१ वर्गकिलोमिटरमा फैलिएको छ । तर, काठमाडौंको कुल बजेट २५५० करोड छ भने वीरगन्जको जम्मा ३२१ करोड मात्र छ । अनि हामीलाई काठमाडौँसँग तुलना गरेर हुन्छ ?’
     


    सोमवार, श्रावण १५ २०८०१०:१५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij