Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • सोमवार, श्रावण १५ २०८०

  • 1.0K
    SHARES

  • आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर तर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।
     
    सोमबार(आज) देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी  र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
     
    विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
     
    महाशाखाका अनुसार सोमबार राति देशभर सामान्य बदली  रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
     
    वर्षाका कारण हुन सक्ने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोप, जन-स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।
     
     
     
     


    सोमवार, श्रावण १५ २०८००६:२०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij