Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सेयर बजार निरन्तर राताम्मे, ओरालो यात्रा जारी

सेयर बजार निरन्तर राताम्मे, ओरालो यात्रा जारी

  • आइतवार, श्रावण १४ २०८०

  • 420
    SHARES

  • सेयर बजार निरन्तर राताम्मे, ओरालो यात्रा जारी

    काठमाडौं। मौद्रिक नीति सार्वजनिक भएपछि पुँजीबजारको ओरोलो यात्राले यस साताको पहिलो कारोबार दिन आइतबार पनि निरन्तरता पाएको छ। गत साताको आइतबार मौद्रिक नीति सार्वजनिक भएको थियो।

    आइतबार सेयर बजार २६‍.१४ अंकले गिरावट भएको छ। कारोबारको सुरुवात २१२६ बाट सुरु भएको केही क्षणमा २१३८ अंक पुगे पनि ३ बजेसम्ममा घटेर २१०० मा कायम भएको छ। कारोबार रकम पनि औषत रहेको छ।

    आइतबार २ अर्ब ५० करोड माथि कारोबार भएको छ। कारोबार भएका सबै उपसमूहहरू घटेका छन्। जसमा धेरै घट्नेमा क्रमशः निर्जीवन बिमा (२१०अंक), जीवन बिमा (१८८अंक), होटल (१२० अंक), विकास बैंक (५९ अंक)ले घटेको छ।

    कम्पनीगत रुपमा हेर्दा १८ कम्पनीको मूल्य बढेको छ। १८९ कम्पनीको मूल्य घटेको छ। धेरै कमाउने कम्पनीमा पिपल्स पावर लिमिटेड रहेको। जसको मूल्यमा ३.,६ प्रतिशतले परिवर्तन आएको छ।


    आइतवार, श्रावण १४ २०८००३:५८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij