Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

चाबहिल नापीका अधिकृत राजु पुरीविरुद्ध १ करोड ४ लाखको भ्रष्टाचार मुद्दा

चाबहिल नापीका अधिकृत राजु पुरीविरुद्ध १ करोड ४ लाखको भ्रष्टाचार मुद्दा

  • आइतवार, श्रावण १४ २०८०

  • 450
    SHARES

  • चाबहिल नापीका अधिकृत राजु पुरीविरुद्ध १ करोड ४ लाखको भ्रष्टाचार मुद्दा
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध १ करोड ४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा आइतबार(आज) मुद्दा दर्ता गरेको छ ।

    आयोगले पुरीमाथि परेको उजुरी छानबिन गर्दा उनीसँग रहेको २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँको सम्पत्तिमध्ये १ करोड २० लाख ७७ सय ७४८ रुपैयाँको मात्रै वैधानिक स्रोत देखिएको जनाएको छ । आयोगले पुरीको असार मसान्तसम्म पारिश्रमिक बचत, बिक्रीबापत प्राप्त आय, कृषि आय, घर तथा जग्गा बहाल आय, बिमा परिपक्व भई प्राप्त रकम, ब्याज आय र जग्गाको मुआब्जा रकमबाट प्राप्त आम्दानी वैधानिक रुपमा नखुलेकाले पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    ‘सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैर कानुनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गर्दै गरेको पुष्टि हुन आएको देखिएको’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पुरीको सम्पत्ति उनी पत्नी सिर्जनाको नाममा देखिएकाले सम्पत्ति जफत गर्न उनलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।


    आइतवार, श्रावण १४ २०८००२:३०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij