Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

लम्की–चुहा नगरपालिका भित्रका अतिक्रमित जग्गा खाली गराउने अभियानमा ब्रेक

लम्की–चुहा नगरपालिका भित्रका अतिक्रमित जग्गा खाली गराउने अभियानमा ब्रेक

  • शुक्रवार, श्रावण १२ २०८०

  • 742
    SHARES

  • लम्की–चुहा नगरपालिका भित्रका अतिक्रमित जग्गा खाली गराउने अभियानमा ब्रेक

    काठमाडौं । कैलालीको लम्की–चुहा नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण तथा खोलानाला मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेकै दिन अदालतले ब्रेक लगाएको छ ।

    जिल्ला अदालत कैलालीले अल्पकालीन आदेश जारी गर्दै यहीँ साउन १६ गतेसम्मका लागि भौतिक संरचना नभत्काउन आदेश दिएको छ । होटेल सौराई प्रालिले दायर गरेको मुद्धाको सुनुवाई गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । दुवै पक्षलाई छलफलका लागि १६ गते बोलाइएको छ ।

    यता, लम्की–चुहा नगरपालिकाले पनि अदालतको पत्र बुझेको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने शाहीको अभियान ७ घण्टामै रोकिएको छ ।


    शुक्रवार, श्रावण १२ २०८००७:१२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij