Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नेपालीले एक वर्षमा खाए एक अर्ब ११ करोडको काजु 

नेपालीले एक वर्षमा खाए एक अर्ब ११ करोडको काजु 

  • शुक्रवार, श्रावण १२ २०८०

  • 2.8K
    SHARES

  • नेपालीले एक वर्षमा खाए एक अर्ब ११ करोडको काजु 
    काठमाडौं । नेपालले पछिल्लो एक वर्षमा विभिन्न देशबाट एक अर्ब ११ करोड ६१ लाख १९ हजार रुपैयाँको काजु र बदाम आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा १६ लाख ४५ हजार ८९८ केजी काजु र बदाम नेपाल भित्रिएको हो । 
     
    २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा ५६ करोड ७ लाख ४१ हजार रुपैयाँको आठ लाख ५७ हजार ६२७ केजी काजु र ५५ करोड ५३ लाख ७८ हजार रुपैयाँको सात लाख ८८ हजार २७१ केजी बदाम नेपाल भित्रिएको छ । 
     
    नेपालले चीन, भारत, मोजाम्बिक, कतार, सिंगापुर, युनाइटेड अरब इमिरेट्स, भेनेजुएला, भियतनाम, बेनिन, नाइजेरिया र अमेरिकाबाट काजु र बदाम आयात गर्ने गरेको छ । 
     
     


    शुक्रवार, श्रावण १२ २०८००४:५३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij