Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सेयर बजार आज पनि राताम्मे, दोहोरो अंकले गिरावट

सेयर बजार आज पनि राताम्मे, दोहोरो अंकले गिरावट

  • बिहिवार, श्रावण ११ २०८०

  • 465
    SHARES

  • सेयर बजार आज पनि राताम्मे, दोहोरो अंकले गिरावट

    काठमाडौं। सेयर कारोबार साताको अन्तिम दिन आज (बिहीबार) नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २९.७१ विन्दुले घटेर २१२६.७१ विन्दुमा अडिएको हो।

    हिजो नेप्से परिसूचक ८.११ अंकले घटेको थियो। सो दिन २ अर्ब ४३ करोड मूल्यको सेयर खरिदबिक्री भएको थियो। आज कारोबार रकम हिजोको तुलनामा घटेको छ।

    यसदिन २७१ कम्पनीको ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँमा खरिदबिक्री भयो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो।

    सो कम्पनीको १० करोड मूल्य बढिको सेयर कारोबार भयो। हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड मूल्य बढिको कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्।


    बिहिवार, श्रावण ११ २०८००४:२७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij