काठमाडौं। ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।जिल्ला अदालत काठमाडौँले आज बुधबार यो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
अदालतले आज थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिनुभयो।यस प्रकरणमा हालसम्म पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित २२ जना प्रहरीको हिरासतमा रहेका छन्।