Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

महिला विश्वकप फुटबल प्रतियोगिता : फिलिपिन्स विजयी

महिला विश्वकप फुटबल प्रतियोगिता : फिलिपिन्स विजयी

  • मंगलवार, श्रावण ९ २०८०

  • 452
    SHARES

  • महिला विश्वकप फुटबल प्रतियोगिता : फिलिपिन्स विजयी

    काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको मंगलबार खेलिएको दोस्रो खेलमा फिलिपिन्सले सफलता हात पारेको छ ।

    समूह ‘ए’ अन्तर्गतको उक्त खेलमा एसियाली राष्ट्र फिलिपिन्सले आयोजक न्युजिल्यान्डमाथि १—० गोलको रोमाञ्चक जित हासिल गर्‍यो ।

    प्रतिस्पर्धात्मक खेलको २४औँ मिनेटमा फिलिपिन्सले निर्णायक गोल गरेको थियो । फिलिपिन्सका लागि सरिना बोल्डेनले गोल गरेकी थिइन् । जितसँगै दुई खेल खेलेको फिलिपिन्स तीन अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

    एक खेल खेलेको स्विट्जरल्यान्ड तीन अङ्कसहित तालिकाको पहिलो स्थानमा आसिन छ । आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २—० गोलले हराएको थियो । दुई खेल खेलेको न्युजिल्यान्ड भने तीन अङ्कसहित तेस्रो स्थानमा छ ।

    न्युजिल्यान्डले प्रतियोगिताको उद्घाटन खेलमा नर्वेलाई १—० गोलले हराएको थियो । एक खेल खेलेको अङ्कविहीन नर्वे चौथो स्थानमा छ ।


    मंगलवार, श्रावण ९ २०८००२:०६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij