Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

सेनामाथिको आक्रमण गलत छ : परराष्ट्रमन्त्री साउद

सेनामाथिको आक्रमण गलत छ : परराष्ट्रमन्त्री साउद

  • आइतवार, श्रावण ७ २०८०

  • 646
    SHARES

  • सेनामाथिको आक्रमण गलत छ : परराष्ट्रमन्त्री साउद

    काठमाडौं। नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले आर्मी माथि केही पार्टीले आक्रमण गरेको बताउनुभएको छ।

    केन्द्रीय समितिको बैठकमा बोल्दै साउदले सत्ता नपाएर उनीहरु तिल्मिलाएको बताउनुभयो । विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएको उहाँले बताउनुभयो ।

    असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको साउदले बताउनुभयो। सत्ता गठबन्धन र कांग्रेस सही ट्रयाकमा हिडिरहेको उनले दाबी गर्नुभयो ।

    पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिइकन साउदले अदालतको विचाराधिन मुद्धामा बोल्नुपर्ने अवस्था नरहेको बताउनुभयो। ‘अदालतको निर्णय पनि हामीले पर्खनुपर्दछ । पार्टीमा १, २, ३ जनाको कुरा मात्रै होइन । पत्रिकाले लेखेको कुराको आधारमा पार्टीलाई हित गर्दैन,’ साउदले भन्नुभयो ।

    उहाँले पार्टीमा २० प्रतिशत क्रियाशील सदस्य आफ्ना उम्मेदवारलाई भोट हाल्ने अवस्था नरहेको बताउनुभयो ।


    आइतवार, श्रावण ७ २०८००२:३१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij