काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पुष्पलाल श्रेष्ठको निती अनुसार नै अगाडि बढेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४५औँ स्मृति दिवस, कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी उहाँको योगदानको सम्झना गर्दै मनाउँदै छन् ।
नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले आफूहरु पुष्पलालको नितीभन्दा बाहिर नगएको स्पष्ट पार्दै पुष्पलालको सोच, दृष्टिकोण अन्तर्गत नै काम गर्दै जानेक्रममा ‘जबज’को विकाश भएको बताउनुभयो ।
एउटै उदेश्य, एउटै कार्यनिती र एउटै रणनितीहरु भएका कम्युनिष्ट पार्टीहरु अलगअलग बसेर कुनै फाइदा र उपलव्धि नभएको बताउँनै उपाध्यक्ष ज्ञवालीले यसबाट कम्युनिष्ट आन्दोेलनलाई नोक्सान मात्रै हुने तर्क गर्नुभयो । तर यतिबेला कम्युनिष्टहरुबिच निकै ठुलो अन्तरविरोध रहेकाले एउटै विचार, एउटै उदेश्य र एउटै सिद्धान्त हुँदाहुँदै पनि कोहि कांग्रेसलाई साथ दिने, कोहि अलग भएर जाने स्थितीका कारण कम्युनिष्टहरुलाई मिलाएर लान नसकिएको स्विकार गर्नुभयो ।
कम्युनिष्टहरु एकतावद्ध भएर काम नगर्नु दुःखद कुरा भएकाले यसमा आत्मसमिक्षा गर्न जरुरी रहेको पनि उपाध्यक्ष ज्ञवालीको भनाइ छ ।
यस्तै उहाँले पार्टी सुदृढ गर्ने, एकतावद्ध गर्ने, पार्टीलाई बलियो बनाउने दिशामा अगाडि बढिरहेको एमालेले यहि अभियानलाई क्रमश बढाउँदै लगेर सिंगो कम्युनिष्ट आन्दोलनलाई अधिकतमरुपमा एकतावद्ध बनाएर आउने चुनावमा कम्युनिष्टहरुलाई बहुमत पु¥याउने ढंगले अगाडि बढ्नुपर्छ भन्ने आफूहरुको विचार रहेको स्पष्ट पार्नुभयो ।