Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

विमानस्थलमै फेरी समातियो साढे ४ किलो बढी सुनजस्तै पहेंलो धातु

विमानस्थलमै फेरी समातियो साढे ४ किलो बढी सुनजस्तै पहेंलो धातु

  • शनिवार, श्रावण ६ २०८०

  • 1.6K
    SHARES

  • विमानस्थलमै फेरी समातियो साढे ४ किलो बढी सुनजस्तै पहेंलो धातु

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले सुनजस्तो देखिने झण्डै साढे ४ किलो पहेंलो धातु बरामद गरेको छ। गएराति बैंककबाट काठमाडौं आएका थाइ नागरिकको साथबाट सो परिमाणको सुनजस्तो देखिने साढे चार किलोभन्दा बढी पहेंलो धातु भन्सार कार्यालयले बरामद गरेको हो।

    भन्सार कार्यालयका एक अधिकारीका अनुसार थाई नागरिकले बोकेको हाते झोलाबाट १० थान बिस्कुट आकारको पहेंलो धातु फेला पारिएको हो। अधिकारीले भने,‘१० थान बिस्कुटको आकारको सुनजस्तो देखिने पहेंलो धातु बरामद गरेका छौं। उक्त धातु सुन हो वा होइन परीक्षणका लागि भन्सार कार्यालयले त्रिपुरेश्वरस्थित भन्सार विभागमा पठाएको छ।’

    यता थाई नागरिक सावनले भने उक्त पहेंलो धातु सुन नभएको र आफूले धार्मिक प्रयोजनका लागि ल्याएको दाबी गरेका छन्। यद्यपी भन्सार कार्यालयका अधिकारीहरुले उक्त पहेंलो धातु सुन नै हुन सक्ने बताएका छन्।


    शनिवार, श्रावण ६ २०८००१:१७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij