Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

उपत्यकामा ‘द्रुत बस’ चल्ने, कुन रुटमा कुन गाडी ?

उपत्यकामा ‘द्रुत बस’ चल्ने, कुन रुटमा कुन गाडी ?

  • शुक्रवार, श्रावण ५ २०८०

  • 1.7K
    SHARES

  • उपत्यकामा ‘द्रुत बस’ चल्ने, कुन रुटमा कुन गाडी ?

    काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यात्रीले चाहेको समयमा गन्तव्यमा पुग्न सजिलो होस् भन्ने उद्देश्यले असोज १ गतेदेखि ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

    उहाँले भन्नुभयो, “पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म ‘द्रुत बस’ सेवा सञ्चालन तयारी गरिरहेका छौँ। त्यसपछि अन्य रुटमा पनि यस्तो सेवा सञ्चालन गर्ने छौँ।”

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला,राज्यमन्त्री नन्दा चपाईं, मन्त्रालयका सचिव केशवकुमार शर्मा, यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, ट्राफिक प्रहरीका प्रहरी नायब महानिरीक्षक, यातायात व्यवसायी महासङ्घका पदाधिकारीसहित मन्त्रालयमा बसेको बैठकले ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

    मन्त्रालयका सचिव केशवकुमार शर्माले सुरुमा द्रुत बस सेवा अत्यधिक जामको समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने जानकारी दिनुभयो। उहाँकाअनुसार द्रुत बस सेवाका लागि सुरुमा ४० सिटभन्दा माथिका करिब २५ वटा बस सञ्चालनमा ल्याउने तयारी मन्त्रालयले गरेको छ।

    उहाँले द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन, बसको रङ फरक गरिने जानकारी दिनुभयो। मन्त्री ज्वालाले यसअघि दु्रत बस सेवाको सडक लेन बनाउन सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र ‘रोड परमिट’को व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिइसक्नुभएको छ।

    यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भन्नुभयो,“जामको समयमा सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा एक घन्टा ३० मिनेट लाग्ने गरेको छ। ‘द्रुत बस’सेवा सञ्चालनपछि जामको बेला समेत ४५ मिनेटमा पुग्न सकिने गरी व्यवस्था मिलाउँदै छौँ।”

    उहाँका अनुसार दु्रत बस सेवा सञ्चालनका लागि मोबाइल एपको समेत विकास गरिने छ। सो एपबाट द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ भन्ने जानकारी पाउन सकिन्छ।


    शुक्रवार, श्रावण ५ २०८००१:४९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij