Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अवैध सुन प्रकरणः बरामद गरिएको सुन ढुकुटीमा राखियो : यस्तो छ अबको प्रक्रिया...

अवैध सुन प्रकरणः बरामद गरिएको सुन ढुकुटीमा राखियो : यस्तो छ अबको प्रक्रिया...

  • बिहिवार, श्रावण ४ २०८०

  • 1.1K
    SHARES

  • अवैध सुन प्रकरणः बरामद गरिएको सुन ढुकुटीमा राखियो : यस्तो छ अबको प्रक्रिया...

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट हिजो बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्कार महाशाखाको ढुकुटीमा राखिएको छ। आज मुचुल्का उठाएर सुन ढुकुटीमा राखिएको हो ।

    राजस्व अनुसन्धान विभागको टोलीले टक्सार महाशाखालाई सुन जिम्मा लगाएर फर्किएको छ। त्यसपछि सुनलाई ढुकुटीमा राखिएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिनुभयो ।

    “त्यसलाई गाल्नुपर्‍यो, परीक्षण गर्नुपर्‍यो भनेर राजस्व अनुसन्धानबाट पत्र लिएर आएपछी मात्रै प्रक्रिया अघि बढ्छ, नत्र ढुकुटीमै रहन्छ, त्यसलाई हामी केही गर्दैनौं ।” निर्देशक आचार्यले भन्नुभयो ।

    विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा करिब सय किलो सुन हिजो बरामद गरिएको थियो। सो प्रकरणमा हालसम्म ८ जना पक्राउ परेका छन् ।

     


    बिहिवार, श्रावण ४ २०८००४:४१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij