Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

फोटो पत्रकारका लागि ३ दिने फोटो पत्रकारिता तालीम सुरु 

फोटो पत्रकारका लागि ३ दिने फोटो पत्रकारिता तालीम सुरु 

  • मंगलवार, श्रावण २ २०८०

  • 521
    SHARES

  • फोटो पत्रकारका लागि ३ दिने फोटो पत्रकारिता तालीम सुरु 

    काठमाडौं । फोटो पत्रकारका लागि तीन दिने फोटो पत्रकारिता तालीम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को सहकार्यमा मंगलबारदेखि काठमाडौँमा उक्त तालिम सुरु भएको हो । 

    विभिन्न सञ्चारमाध्यममा कार्यरत ५५ जना पत्रकारहरूको सहभागिता रहेको तालीममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित नेपालको पर्यटन तथा पर्यटन पत्रकारिताको बारेमा समेत प्रशिक्षण दिइने छ । यस्तै तालीममा पर्यटन फोटो पत्रकारिताका क्षेत्र, पर्यटन पत्रकारिता यसका नयाँ आयाम तथा प्रयोगबारे प्रशिक्षण हुने परियोजनाले जानकारी दिएको छ ।
     
    तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा फोटो पत्रकारका लागि यो तालिम आयोजना गरिएको र यसले पर्यटन बिटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरू लाभान्वित हुने अपेक्षा गरिएको बताउनुभयो ।
     
    नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले फोटो पत्रकारिता पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण साधन भएको र तालिमले फोटो पत्रकारहरूमा थप निखार ल्याउने अपेक्षा गरेको बताउनुभयो। जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जीविकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले अन्य क्षेत्रको तालिमसँगै फोटो पत्रकारिताको क्षेत्रमा पनि पत्रकारहरूको क्षमता अभिवृद्धि होस भन्ने उद्देश्यले यस प्रकारको तालीम आयोजना गरिएको बताउनुभयो। उहाँले  यस अघि पनि पत्रकार महिलाहरूको मात्र सहभागितामा फोटा पत्रकारिता तालिम तालीम सम्पन्न भएको जानकार दिनुभयो।
     
    तालिमको पहिलो दिन नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा पत्रकारिताका उपप्राध्यापक टी।पी। भुसालले नेपालको कला, संस्कृति, नेपालको समग्र पर्यटनका साथै पर्यटन पत्रकारिताका क्षेत्र, पत्रकार आचारसंहिता लगायतका विषयमा बारेमा प्रशिक्षण दिनुभएको थियो। यस्तै अर्का प्रशिक्षक किशोर श्रेष्ठले क्यामेराको सञ्चालन, फोटोको महत्त्व यसका सैद्धान्तिक  तथा व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिनुभएको थियो । सहभागीलाई बुधबार(भोलि) सुन्धारा, वसन्तपुर, रानी पोखरी लगायतका स्थानमा लगी प्रयोगात्मक कक्षा सञ्चालन गरिने एनएफपीजेका सदस्य तथा तालीम संयोजक प्रदीप कुमार श्रेष्ठले जानकारी दिनुभयो।
     


    मंगलवार, श्रावण २ २०८००५:४१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij