Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरण : सचिव राउतसहितको मुद्दा हेर्दाहेर्दैमा

ललिता निवास प्रकरण : सचिव राउतसहितको मुद्दा हेर्दाहेर्दैमा

  • मंगलवार, श्रावण २ २०८०

  • 439
    SHARES

  • ललिता निवास प्रकरण : सचिव राउतसहितको मुद्दा हेर्दाहेर्दैमा
    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनाको बन्दी प्रत्यक्षीकरण रिट हेर्दा हेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भएको हो। 
     
    अब बुधबार उक्त मुद्दाको सुनुवाइ हुनेछ। रिट निवेदकका तर्फबाट बहस गर्ने धेरै भएपछि सोमबार पनि सुनुवाइ सकिएको थिएन। मंगलबार सरकारी वकिलले बहस सुरु गरे। बहस सकिएमा भोलि नै फैसला सुनाउने इजलासको तयारी छ। 
     
    असार १२ गते पक्राउ परेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतमले असार १३ गते रिहाइको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 
     
    यस्तै सचिव कृष्णबहादुर राउतले पक्राउ परेको तीन दिनपछि असार २७ गते रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। उनीहरूले रिहाइको माग गरिरहँदा प्रहरी प्रधान कार्यालयले भने पहिल्यै सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज गर्न माग गरेको छ।
     
    सर्वोच्चले प्रतिवादी मध्येका १७ जनालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेपछि प्रहरी प्रधान कार्यालयले उक्त आदेश खारेज गर्न माग गरेको छ। 


    मंगलवार, श्रावण २ २०८००५:०५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij