काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको मूल्य बढेर आएको छ ।
नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
आईओसीले प्रत्येक महिनाको १ तारिख र १६ तारिखमा नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ । प्रत्येक १६ तारिखमा पेट्रोल र डिजेलको मूल्यसूची पठाउँछ भने १ तारिखमा हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्यसूची पठाउने गरेको छ ।