Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बैंक तथा वित्तीय संस्थाहरू आज शनिबार पनि खुला

बैंक तथा वित्तीय संस्थाहरू आज शनिबार पनि खुला

  • शनिवार, आषाढ ३० २०८०

  • 550
    SHARES

  • बैंक तथा वित्तीय संस्थाहरू आज शनिबार पनि खुला

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू आज शनिबार पनि खुला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यान दिँदै शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका हुन् ।

    नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न निर्देशन दिएको थियो । अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरेपछि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरू खुला भएका हुन् ।

    आर्थिक वर्षको अन्तिम महिना भएका कारण सरकारी भुक्तानी तथा राजस्वका कारण बैंक तथा वित्तिय संस्था खुल्न लागेका हुन् ।


    शनिवार, आषाढ ३० २०८०१०:१९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij