Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बलात्कारबारे गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसदहरुको कडा आपत्ति,के भनेका थिए बादलले?

बलात्कारबारे गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसदहरुको कडा आपत्ति,के भनेका थिए बादलले?

  • बुधवार, आश्विन १४ २०७७

  • 1.4K
    SHARES

  • बलात्कारबारे गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसदहरुको कडा आपत्ति,के भनेका थिए बादलले?

    काठमाडौँ – निर्मला पन्तको जस्तो घटना भोलिका दिनमा पनि भइरहन्छन् भनेर सार्वजनिक अभिव्यक्ति दिनुभएका गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारबारे फेरि पनि गैर जिम्मेबार अभिव्यक्ति दिएको भन्दै सांसदहरुले कडा आपत्ति जनाएका छन्।

    पछिल्लो पटक बलात्कारपछि हत्या गरिएकी बझाङकी १२ वर्षीया बािलका सम्झना कामीको न्यायका लागि प्रदर्शन भइरहेका बेला गृहमन्त्रीले नेपाल बलात्कारका घटना कम हुने राष्ट्रको सूचिमा राम्रो स्थानमा रहेको फेहरिस्त सुनाएपछि सांसदहरुले आपत्ति जनाएका हुन्।

    प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले गृहमन्त्रीले फेरि पनि गैरजिम्मेबार अभिव्यक्ति दिएको बताउनुभयो।

    उहाँले मुलुकमा बलात्कार र हत्याका घटना दिनदिनै बढिरहेका बेला गृहमन्त्रीले घटना ढाकछोप गर्न जथाभावी अभिव्यक्ति दिएको आरोप लगाउनुभयो।

    कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनापछि न्याय माग्दै प्रदर्शन चर्किरहँदा गृहमन्त्री बादलले एक पत्रकार सम्मेलनका क्रममा यस्ता घटना भोलिका दिन पनि भइरहने अभिव्यक्ति दिनुभएको थियो।

    बलात्कारका घटना रोकथामका लागि सरकार लागि परेको तर निर्मला पन्तका जस्ता घटनालाई निषेध गर्न भने नसकिने उहाँको भनाई थियो।

    हुन पनि गृहमन्त्री बादलले भनेझैँ निर्मला पन्तको बलात्कारपछि हत्या भएको विभत्स घटनाको झझल्को दिने गरी बझाङमा सम्झना कामीको पनि उस्तै किसिमले निर्मम हत्या भएको छ। सम्झना कामीको न्यायका लागि देशभर प्रदर्शन भइरहेका छन्।

    तर आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले बलात्कारबारे फेरि विदादित अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ।

    आजको बैठकमा बादलले नेपाल बलात्कार कम हुने राष्ट्रको सूचिमा राम्रो स्थानमा रहेको भन्दै चिन्ताजनक अवस्था नरहेको फेहरिस्त सुनाउनुभयो।

    बलात्कारका घटना रोकथामका लागि नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउनुको साटो मुलुकमा यस्ता घटनाहरु भएकै छैनन् जस्तो गरी अभिव्यक्ति दिएपछि सांसदहरुले गृहमन्त्रीको भनाईप्रति विरोध जनाएका हुन्।

    नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले बलात्कार घटनाका पीडित परिवारकाको घाउमा गृहमन्त्रीको अभिव्यक्तिले नुनचुक छर्केको टिप्पणी गर्नुभयो।

    राजनीतिक विश्लेषक सुरेन्द्र केसीले कम्युनिष्ट शाषकहरु र विषेश गरी अहिलेका गृहमन्त्री बादललमा दायित्ववोध हराउँदै गएको टिप्पणी गर्नुभयो।

    उहाँले जनताका दुःखप्रति कुनै वास्ता नरहेका अहिलेका शासकहरुमा अधिनायकवादी चरित्र मात्रै देखिन थालेको बताउनुभयो।

    मुलुकमा शान्ति सुव्यवस्था कायम गरी नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्नु गृहमन्त्रीको प्रमुख जिम्मेबारीहो। तर १२/१३ वर्षका कलिला मुनाहरु यौन पिपाशुको शिकार भइ लगातार मर्न बाध्य भइरहेका छन्।

    यो बेला दोषीलाई कारबाही गर्ने र घटना दोहोरिन नदिनेमा प्रतिवद्धता जनाउनु भन्दा गृहमन्त्रीबाट नेपाल बलात्कार नहुने राष्ट्रको सूचिमा रहेको फेहरिस्त प्रस्तुत गरेर घटनाहरुलाई ढाकछोप गर्ने प्रयास हुनु कानुनी राज्यका लागि विडम्बनाको स्थिति बनेको छ।


    बुधवार, आश्विन १४ २०७७०७:२८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij