Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनमत पार्टीको केन्द्रीय समिति विस्तार, शरद्सिंह यादवलाई प्रवक्तालाई जिम्मेवारी

जनमत पार्टीको केन्द्रीय समिति विस्तार, शरद्सिंह यादवलाई प्रवक्तालाई जिम्मेवारी

  • शुक्रवार, आषाढ २९ २०८०

  • 685
    SHARES

  • जनमत पार्टीको केन्द्रीय समिति विस्तार, शरद्सिंह यादवलाई प्रवक्तालाई जिम्मेवारी
    काठमाडौं ।  डा सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।
     
    बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन्।
     
    यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ। पार्टीको विधानअनुसार तीन सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल दुई सय १६ सदस्यीय केन्द्रीय समिति बनाइएको सो पार्टीले जनाएको छ। यसैगरी डा शरद्सिंह यादवलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ।


    शुक्रवार, आषाढ २९ २०८००४:५८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij