Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सरकारले भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरू आन्दोलित

सरकारले भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरू आन्दोलित

  • शुक्रवार, आषाढ २९ २०८०

  • 471
    SHARES

  • सरकारले भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरू आन्दोलित
    काठमाडौं । सरकारले भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । असार मसान्तसम्म पनि व्यवसायीहरूले पाउनुपर्ने भुक्तानी नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार(आज) काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।
     
    प्रदर्शनमा सहभागीहरूले असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर, लामो समयदेखिको बाँकी बीलको रकम तुरुन्त भुक्तानी गर, माइलस्टोनको व्यवस्था तुरुन्तर खारेज गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
     
    सरकारले आफूहरूको भुक्तानी नगर्दा निर्माण कार्यमा असर परेको, तलब खुवाउन नसकेको बैंकको ब्याज तिर्न नसकेको भन्दै बाध्य भएर आन्दोलन गर्नुपरेको महासंघका प्रचार प्रसार विभाग संयोजक शिवहरि घिमिरेले बताउनुभयो ।
     
    महासंघले माइलस्टोनको व्यवस्था खारेज गर्न प्रधानमन्त्री लगायत सबै ठाउँमा आवाज उठाउँदा पनि कुनै सम्बोधन नभएको भन्दै अब कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।


    शुक्रवार, आषाढ २९ २०८००३:१२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij