Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डिसहोमले ल्यायो नयाँ योजना, कसरी हेर्ने नयाँनयाँ चलचित्र ?

डिसहोमले ल्यायो नयाँ योजना, कसरी हेर्ने नयाँनयाँ चलचित्र ?

  • बिहिवार, आषाढ २८ २०८०

  • 853
    SHARES

  • डिसहोमले ल्यायो नयाँ योजना, कसरी हेर्ने नयाँनयाँ चलचित्र ?

    काठमाडौं । डिसहोम फाइबरनेटले नयाँ योजना ल्याएको छ। आफ्ना नियमित ग्राहकका लागी घरमै बसिबसि नयाँनयाँ चलचित्र हेर्ने सकिने नयाँ योजना थप गरेको हो। डिस मिडिया नेटवर्कका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले नेपाली रेडियो नेटवर्कको रेडियो एनआरएन ९९.१ को कार्यक्रम छलफल चौतारीमा कुराकानी गर्दै यस्तो जानकारी दिनुभएको हो ।

    सापकोटाले नियमित ग्राहकले हरेक महिना नियमित हेर्न चाहने ग्राहकले २ वटा र वर्षभरी कुल २१ वटा नयाँ चलचित्र हेर्न पाउने जानकारी दिनुभयो। विगतमा डिसहोम सिनेमाघरमार्फत मात्रै हेर्न सकिनेमा अहिले नयाँ अफरले आफ्ना ग्राहकहरुलाई सुविधा उपलब्ध गराएको हो ।

    यस्तै उहाँले डिसहोमका ग्राहकले १ वर्षमा २४ महिने अफर अन्तर्गत १ वर्षको रिचार्ज गरे २ वर्षसम्म हेर्न पाउने जानकारी दिनुभयो। डिसहोमले ल्याएका थप योजनाहरुको बारेमा सापकोटासँग गरिएको कुराकानी नेपाली रेडियो नेटवर्कका सम्पुर्ण सामाजिक सञ्जालका सम्पुर्ण माध्यममा सुन्न र हेर्न सकिन्छ।


    बिहिवार, आषाढ २८ २०८००५:०८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij