Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग खेल्दै

नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग खेल्दै

  • बिहिवार, आषाढ २८ २०८०

  • 403
    SHARES

  • नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग खेल्दै

    काठमाडौं । एसियन गेम्सको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दैछ ।

    यो खेल बंगलादेशको राजधानी ढाकास्थित शहिद सिपाही मोहोमद मुस्तफा कमल रंगशालामा नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ ।

    एसियन गेम्सको तयारीस्वरुप बंगलादेशसँग दुईवटा मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली ढाका पुगेको हो । गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानी तथा अनन्त थापाको प्रशिक्षणमा रहेको नेपाली टोली बंगलादेशलाई हराउन बिहीबार पूर्ण सामथ्र्यको साथ मैदानमा उत्रिनेछ ।

    यसअघि गत सेप्टेम्बरमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले हारेको नेपाललाई यसपटक बंगलादेशलाई उसैको मैदानमा स्तब्ध बनाउँदै बदला लिने अवसर जुरेको छ ।

    नेपाल र बंगलादेशबिचको दोस्रो खेल आगामि आइतबार हुनेछ ।


    बिहिवार, आषाढ २८ २०८०११:०९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij