Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

१५ किलो चरेससहित वीरगन्जबाट दुई जना पक्राउ

१५ किलो चरेससहित वीरगन्जबाट दुई जना पक्राउ

  • बुधवार, आषाढ २७ २०८०

  • 426
    SHARES

  • १५ किलो चरेससहित वीरगन्जबाट दुई जना पक्राउ

    काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट ईलाकाबाट १५ किलो चरेससहित दुई जना पक्राउ गरेका छन् । सशस्त्र प्रहरी बलले बुधबार(आज) १५ किलो चरेस र मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेहरुमा पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझी रहेका छन् ।

    बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकलको ट्यांकीमा लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद चरेस र मोटरसाइलकसहित आवश्यक कारबाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाइएको छ ।


    बुधवार, आषाढ २७ २०८००४:२१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij