Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अनुभवी पाइलट चेतबहादुर गुरुङ रहेनन्, ६ जनाकै मृत्यु

अनुभवी पाइलट चेतबहादुर गुरुङ रहेनन्, ६ जनाकै मृत्यु

  • मंगलवार, आषाढ २६ २०८०

  • 6.1K
    SHARES

  • अनुभवी पाइलट चेतबहादुर गुरुङ रहेनन्, ६ जनाकै मृत्यु

    काठमाडौं । आज सवा १० बजेबाट सम्पर्क बिच्छेद भएको मनाङ एयर पाइलट चेतबहादुर गुरुङले चलाउनुभएको थियो। गुरुङ निकै अनुभवी पाइलट हुन् ।

    उहाँले सन १९९८ देखि उडान शुरु गर्नुभएको थियो । पछिल्लो १० वर्षयता भने गुरुङ मनाङ एयरमा आबद्ध हुनुहुन्थ्यो । उहाँ ५४ वर्ष भएको जनाइएको छ ।

    नाइनएनए–एमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना भएको छ ।

    हेलिकप्टरमा पाइलटसहित ६ जना यात्रु सवार थिए । सबैको मृत्यु भइसकेको पुष्टि भएको छ ।

    मृतक पाइलट मात्र नेपाली र बाँकी सबै मेक्सिकन नागरिक भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले बताउनुभयो ।


    मंगलवार, आषाढ २६ २०८००१:५९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij