Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

तीन नेताबीच छलफल सकियो, ओलीले भने– ‘बाँकी पार्लियामेन्टमा थाहा हुन्छ’

तीन नेताबीच छलफल सकियो, ओलीले भने– ‘बाँकी पार्लियामेन्टमा थाहा हुन्छ’

  • सोमवार, आषाढ २५ २०८०

  • 1.3K
    SHARES

  • तीन नेताबीच छलफल सकियो, ओलीले भने– ‘बाँकी पार्लियामेन्टमा थाहा हुन्छ’

    काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा तीन नेताबीच भएको छलफल सकिएको छ ।

    सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अधयक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक सकिएको हो ।

    बैठकमा के भयो भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भन्नुभयो, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’ प्रतिनिधिसभाको बैठक सोमबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ ।


    सोमवार, आषाढ २५ २०८००२:२१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij