Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गुटगत भागबण्डाभन्दा व्यक्तिगत भागबण्डा बढी हुन थाल्यो : दाहाल

गुटगत भागबण्डाभन्दा व्यक्तिगत भागबण्डा बढी हुन थाल्यो : दाहाल

  • बुधवार, आश्विन १४ २०७७

  • 1.1K
    SHARES

  • गुटगत भागबण्डाभन्दा व्यक्तिगत भागबण्डा बढी हुन थाल्यो : दाहाल

    काठमाडौं । नेकपामा गुटगत भागबण्डाभन्दा व्यक्तिगत भागबण्डा बढी हावी हुदै गएको नेकपाकै नेताहरुले बताउन थालेका छन् ।

    नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा नेकपा नेता नारायण दाहालले पार्टीमा गुटभन्दा भित्र पसेर व्यक्ति व्यक्तिमा पार्टी खण्डीत भएको टिप्प्णी गर्नुभयो ।

    नेकपामा मन्त्रीहरु छान्न सकस भइरहेको बेला उहाँले व्यक्ति व्यक्तिले मन्त्रीका नाम सिफारिस गर्ने र अडान राख्ने गरेकाले सहमती हुन नसकेको बताउनुभयो ।

    आन्दोलन, योगदान, क्षमता, घोषणापत्रलाई आधार बनाएर मन्त्री बनाउने नेताको नाम छनोट गर्नुपर्नेमा निकटताका आधारमा छान्ने प्रयास हुनु दुर्भाग्पूर्ण भएको उहाँको भनाइृ छ ।

    हरेक नेताले व्यक्ति व्यक्तिलाई समातेकाले समस्या भएको उहाँले बताउनु भयो । उहाँले अधिकांश नेता कार्यकर्ताहरु स्वार्थ अनुसार सम्वन्ध बनाउने भएकाले कोही कसैको नभएको र कसैले कसैलाई विश्वास गर्न सक्ने अवस्था नरहेको दावी गर्नुभयो ।

    उहाँले यही हप्ता भित्रमा नयाँ मन्त्रीहरुको टुंगो लाग्न सक्ने अनुमान पनि गर्नुभयो ।

     

     

     


    बुधवार, आश्विन १४ २०७७०९:१३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij