Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्रीको आह्वान

भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्रीको आह्वान

  • सोमवार, आषाढ २५ २०८०

  • 507
    SHARES

  • भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्रीको आह्वान

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गर्नुभएको छ।

    सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई गरेको सम्बोधनमा उहाँले समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गर्नुभएको हो ।

    जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्यनिर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरुसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा उहाँले जोड दिनुभयो।

    पुरस्कृत प्रतिभाहरुको प्रेरणाबाट यस क्षेत्रमा लागेका अन्य श्रष्टाहरुलाई पनि आफ्नो आफ्नो क्षेत्र तथा विधाबाट राष्ट्रलाई योगदान गर्न प्रोत्साहन मिल्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो।


    सोमवार, आषाढ २५ २०८००१:१६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij