Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

ढिलासुस्ती गर्ने २४ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सात दिने स्पष्टीकरण

ढिलासुस्ती गर्ने २४ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सात दिने स्पष्टीकरण

  • आइतवार, आषाढ २४ २०८०

  • 511
    SHARES

  • ढिलासुस्ती गर्ने २४ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सात दिने स्पष्टीकरण
    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।
    कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो ।
     
    यसअघि ३० दिने स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नआएपछि कार्यालयले ती कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको हो । 
     
    स्पष्टीकरण पेश गर्न भनिएका कम्पनीमा सिरुवा कन्स्ट्रक्सन तीनकुने, खहरेखोला इन्टरप्राइजेज गोठाटार, पुतलीकाठ निर्माण सेवा प्रालि दोलखा, लामाबुद्ध निर्माण तथा सामग्री सप्लायर्स हरहरमहादेव कागेश्वरी, एक्सन बिल्डर्स प्रालि तनहुँ, नुरी कन्स्ट्रक्सन प्रालि बर्दिया, शिवालय बिल्डर्स हेटौँडा, अन्तरता इन्टरनेस्लन कोटेश्वर,आरडि सप्लायर्स पुतली सडक छन् ।
     
    यसैगरी नागार्जुन शङ्करमाली जेभी (नागार्जुन कन्स्ट्रक्सन प्राली, शङ्कर माली निर्माण सेवा प्रालि) कमलादी, एञ्जल निर्माण सेवा बानेश्वर, एकेएस कन्स्ट्रक्सन भरतपुर चितवन, कश्यप/आर्भन जेभी भरतपुर चितवन, तिइभु निर्माण सेवा रोल्पा, इसु इन्फर्मेसन सर्भिस ग्रुप, तत्थ्य इन्जिनियरिङ इन्फा प्रोजेक्ट प्रालि मुम्बई, रुपन्देही बिल्डर्स एण्ड कन्स्ट्रक्सन प्रालि काठमाडौं तथा आर्भन कन्स्ट्रक्सन प्रालि छन् ।


    आइतवार, आषाढ २४ २०८००३:४८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij