Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्ति परीक्षा लिँदै

काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्ति परीक्षा लिँदै

  • शनिवार, आषाढ २३ २०८०

  • 1.0K
    SHARES

  • काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्ति परीक्षा लिँदै
    काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालन गर्ने भएको छ। 
     
    एक सूचना जारी गर्दै महानगरभित्रका शिक्षण संस्थामा कक्षा ११ का लागि छात्रवृत्ति कोटामा अध्ययन गर्ने विद्यार्थीका लागि परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ। 
     
    महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा छात्रवृत्तिमा पढ्न चाहनेले यही असार २८ देखि साउन १२ गतेसम्म अनलाइन आवेदन फारम भर्न सूचनामा भनिएको छ। छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा सञ्चालन हुनेछ।


    शनिवार, आषाढ २३ २०८००२:५०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij