Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आगामी दुई शनिबार बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

आगामी दुई शनिबार बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

  • शुक्रवार, आषाढ २२ २०८०

  • 1.3K
    SHARES

  • आगामी दुई शनिबार बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
    काठमाडौं । असार मसान्त सकिनै लाग्दा नेपाल राष्ट्र बैंकले आगामी २ वटा शनिबार बैंक खोल्न निर्देशन दिएको छ।
     
    शुक्रबार(आज) एक सूचना जारी गर्दै राष्ट्र बैंकले राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि शनिबार र असार ३० गते शनिबार पनि राति ८ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला राख्न निर्देशन दिएको हो। 
     
    यस्तै असार ३१ गते पनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैङ्कहरू खुला राख्न सूचनामा भनिएको छ। चालु आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाब परेको छ।


    शुक्रवार, आषाढ २२ २०८००२:४५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij