Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

यसरी हेर्न सकिन्छ एसईई नतिजा   

यसरी हेर्न सकिन्छ एसईई नतिजा   

  • बिहिवार, आषाढ २१ २०८०

  • 2.0K
    SHARES

  • यसरी हेर्न सकिन्छ एसईई नतिजा   
    काठमाडौं । एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौँतारिने गर्छन् । 
        
    राष्ट्रिय परीक्षा बोर्डले केहीबेर अघि प्रकाशित गरेको एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिनुभयो । यसका लागि विद्यार्थीले वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने उहाँले बताउनुभयो ।
        
    परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यवस्था गरेको उहाँले बताउनुभयो। 
     
    एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको वेबसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । 
     
    एसईई नतिजा तल उल्लेखित वेवसाइटबाट पनि हेर्न सकिन्छ।


    बिहिवार, आषाढ २१ २०८००३:४०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij