Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

एसईई नतिजा केहीबेरमा सार्वजनिक हुँदै

एसईई नतिजा केहीबेरमा सार्वजनिक हुँदै

  • बिहिवार, आषाढ २१ २०८०

  • 2.2K
    SHARES

  • एसईई नतिजा केहीबेरमा सार्वजनिक हुँदै
    काठमाडौं । शैक्षिक सत्र २०७९ को एसईई नतिजा बिहीबार(आज) सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को कार्यालयमा बैठक जारी छ । 
     
    बैठकमा सहभागी बोर्डका एक सदस्यले आजै नतिजा सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिनुभयो । ‘थप छलफल हुँदैछ, आजै नतिजा प्रकाशन हुन्छ,’ उहाँले भन्नुभयो । दिउँसो १ बजे देखि बैठक सुरु भएको थियो । बैठक बस्नुअघि परीक्षा नियन्त्रण विष्णुनारायण श्रेष्ठले आज नतिजा सार्वजनिक हुने सम्भावना रहेको जनाउनुभएको छ।
     
    नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक हुनेछ । त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो ।हिजो बैठक बसेर आज नतिजा सार्वजनिक गर्ने भनिएपनि हिजो त्रुटि सच्याउन भन्दै बैठक बस्न सकेको थिएन ।
     
    यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निचोडमा पुगिएको हो । निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ ।
     
    दुई विषयसम्म नन् ग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । 


    बिहिवार, आषाढ २१ २०८००२:२९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij