Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

घोराही आईपीओ विवाद : आवेदन दिएकाले रद्द गर्नसक्ने, अनुसन्धान गर्न प्रहरीमा पठाइयो

घोराही आईपीओ विवाद : आवेदन दिएकाले रद्द गर्नसक्ने, अनुसन्धान गर्न प्रहरीमा पठाइयो

  • बुधवार, आषाढ २० २०८०

  • 523
    SHARES

  • घोराही आईपीओ विवाद : आवेदन दिएकाले रद्द गर्नसक्ने, अनुसन्धान गर्न प्रहरीमा पठाइयो

    काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्कासन आईपीओ पुनः सुचारु हुने भएको छ । सार्वजनिक निष्कासनको अनलाइन प्रणाली सी-आस्वा दर्ता भएका आवेदनहरूमा आवेदकले सेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता गर्न सक्ने गरी आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने निर्णय नेपाल धितोपत्र बोर्डले गरेको छ ।

    यस्तै आवेदन फिर्ता वा थपघट गर्न निष्कासन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिने निर्णय भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यदि ३ दिनको अवधिमा कम्पनीको सबै सेयर बिक्री नभएमा थप ७ दिनको समय मात्रै थप गर्न सक्ने गरी धितोपत्र बोर्डले निर्णय गरेको हो ।

    ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम १० को उपनियम (२) मा उपनियम (१) बमोजिमको अवधिभित्र निष्कासन गरिएको सबै धितोपत्र विक्री नभएमा संगठित संस्थाले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि धितोपत्रको दरखास्त खुला राख्न सक्नेछ भन्ने व्यवस्था छ । सोही आधारमा थप गरिएको तीन दिनको समयावधि भित्र माग गरिएको सम्पूर्ण धितोपत्र बिक्री नभएमा ४ असारसम्म ५ दिन निष्कासन खुला भइसकेको सन्दर्भमा आवेदन संशोधनका लागि थप गरिएको ३ दिनको समय पश्चात् बढीमा थप ७ दिन निष्कासन खुला राख्न सकिने व्यवस्था गर्ने,’ नेपाल धितोपत्र बोर्डले भनेको छ ।

    यस्तो छ बोर्डले जारी गरेको विज्ञप्तिः

    dhito-patra-boasr-noticed-for-ghorahi-ciment 1.jpgdhito-patra-boasr-noticed-for-ghorahi-ciment-2.jpg


    बुधवार, आषाढ २० २०८००५:४५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij