Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

नारायणगढ–मुग्लिन सडकखण्डमा अस्थायी प्रहरी पोष्ट स्थापना

नारायणगढ–मुग्लिन सडकखण्डमा अस्थायी प्रहरी पोष्ट स्थापना

  • मंगलवार, आषाढ १९ २०८०

  • 565
    SHARES

  • नारायणगढ–मुग्लिन सडकखण्डमा अस्थायी प्रहरी पोष्ट स्थापना

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।

    पहिरोका कारण सडकखण्ड पटक–पटक अवरुद्ध भएर यात्रुले सास्ती पाएपछि आजदेखि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।

    बर्सातको समयमा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरेमा प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ट्राफिकसहित ६ जना तैनाथ रहेनछन् ।

    पोष्ट स्थापनापछि लाइफलाइनका रुपमा रहेको यस सडकखण्डमा हुनसक्ने विपतका घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सहज हुने प्रवक्ता पण्डितले विश्वास व्यक्त गर्नुभयो ।

    प्रहरी पोष्ट हाल जलवीरेको देवी मन्दिरमा रहनेछ । पहिरोका समयमा सडक पुनः सञ्चालन र यात्रुलाई आवश्यक सहयोगका लागि यही असार १३ गते बसेको जिल्ला सुरक्षा समितिले पोष्ट स्थापना गर्ने निर्णय गरेको थियो ।


    मंगलवार, आषाढ १९ २०८००४:३७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij