Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

  • मंगलवार, आषाढ १९ २०८०

  • 628
    SHARES

  • नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

    काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि जिम्बावेमा जारी खेलमा आयरल्यान्डलाई नेपालले २ सय ६९ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो ।

    नेपालका लागि गुलसन झाले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर अर्जुन साउदले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाए । कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए ।

    सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए । कप्तान रोहित पौडेलले ३५ बलमा २९ तथा भीम सार्कीले २० रन बनाए ।

    आयरल्यान्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २र२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १र१ विकेट लिए ।

     


    मंगलवार, आषाढ १९ २०८००४:२६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij