Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा उछाल, तीन दिनपछि नेप्से हरियाली

सेयर बजारमा उछाल, तीन दिनपछि नेप्से हरियाली

  • मंगलवार, आषाढ १९ २०८०

  • 495
    SHARES

  • सेयर बजारमा उछाल, तीन दिनपछि नेप्से हरियाली

    काठमाडौं। लगातार तीन दिन ओरालो लागेपछि नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ। आज नेप्से १२.७३ अंकले बढेर २०८८.७० बिन्दुमा बन्द भएको छ। आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

    गत कारोबार दिन ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँमा सीमित भएको छ। यस दिन २८२ वटा धितोपत्रको ६४ लाख ५० हजार ९३४ कित्ता सेयर किनबेच भएको हो।

    मंगलबार सिटी होटलको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य ५५९ रुपैयाँ ७० पैसा पुगेको छ। यस्तै, मानुषी लघुवित्तको सेयर मूल्य ६.१५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८३९ रुपैयाँ पुगेको छ। सेयरमूल्य सर्वाधिक घट्नेमा बिपिडब्ल्यू लघुवित्त रहेको छ।

    कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य १ हजार ३९९ रुपैयाँ ४० पैसामा झरेको छ। यसैगरी, एनआइबिएल प्रगति फण्डको इकाइ मूल्य ३.५० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ८३ पैसामा सीमित भएको छ।

    आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता २ हजार १३९ रुपैयाँमा १२ करोड १७ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.३२ प्रतिशत बढेको हो।

    त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशतले बढेको छ।

     


    मंगलवार, आषाढ १९ २०८००४:१४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij