Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेपालले आज आयरल्याण्डसँग खेल्ने

नेपालले आज आयरल्याण्डसँग खेल्ने

  • मंगलवार, आषाढ १९ २०८०

  • 502
    SHARES

  • नेपालले आज आयरल्याण्डसँग खेल्ने

    काठमाडौं । आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि आज नेपालले आयरल्याण्डसँग खेल्नेछ ।

    विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्समा पुग्न नसकेपछि नेपाल सातौं स्थानको प्ले अफ् खेलिरहेको छ । प्ले अफ् फाइनलमा पुग्न नेपालले यसअघि युएईलाई हराएको थियो । टेस्ट टोली आयरल्यान्डविरुद्ध मंगलबारको खेल नेपालको लागि कठिन हुनसक्छ ।

    यो खेल नेपाली समय अनुसार दिउँसो पौन १ बजे जिम्बाबेको राजधानी हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा हुनेछ ।

    यस खेलको विजेता सातौं र पराजित हुने टोली आठौं स्थानमा रहेर विश्वकप छनोट प्रतियोगिताको अन्त्य गर्नेछन् ।

    नेपालले एक दविसिय अन्त्राष्ट्रिय क्रिकेटमा पहिलो पटक आयरल्यान्डसँग खेल्न लागेको हो ।


    मंगलवार, आषाढ १९ २०८०११:३२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij