Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ललिता निवास जग्गा प्रकरणमा आज थप दुई जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा आज थप दुई जना पक्राउ

  • सोमवार, आषाढ १८ २०८०

  • 1.9K
    SHARES

  • ललिता निवास जग्गा प्रकरणमा आज थप दुई जना पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा सोमबार दुई जनालाई पक्राउ गरेको छ ।

    ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन छन् । पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जन ललिता निवास जग्गामा मोही बनेका थिए ।

    यसअघि आइतबार ब्युरोले तीन जनालाई पक्राउ गरेको थियो । ललिता निवास प्रकरणमा हालसम्म ब्युरोले पक्राउ गरेकाको संख्या ९ पुगेको छ ।


    सोमवार, आषाढ १८ २०८००२:४५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij