Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
आइसीसी एकदिवसीय विश्वकप छनोट

ओमान र नेदरल्यान्ड्स भिड्दै

ओमान र नेदरल्यान्ड्स भिड्दै

  • सोमवार, आषाढ १८ २०८०

  • 495
    SHARES

  • ओमान र नेदरल्यान्ड्स भिड्दै
    काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा आज सोमबार सुपर सिक्सको पाँचौँ खेल हुँदैछ । 
     
    सुपर सिक्सको पाँचौँ खेलमा ओमान र नेदरल्यान्ड्स भिड्दै छन् । हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा सुरु हुनेछ । 
     
    नेदरल्यान्ड्स नेपाल रहेको समूह ए मा दोस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । ओमान भने समूह बी को तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको हो । 
     
    सुपर सिक्समा दोस्रो खेल खेल्दै गरेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । ओमान जिम्बावेसँग पराजित हुँदा नेदरल्यान्डस् पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो । 
     
    नेदरल्यान्ड्सलाई विश्वकपमा छनोटको सम्भावना कायमै राख्नका लागि आजको खेल जित्नै पर्ने हुन्छ ।
     
    यदि आजको खेलमा पराजित भएमा नेदरल्यान्ड्स सुपर सिक्सबाट बाहिरिने तेस्रो टोली बन्ने छ । यसअघि ओमान र वेस्ट इन्डिज विश्वकप छनोटको दौडबाट बाहिरिइसकेका छन् । श्रीलंका भने एक खेल अगावै विश्वकपमा स्थान बनाउन सफल भएको छ ।
     
    विश्वकप छनोटको सम्भावना सकिसकेको ओमान नेदरल्यान्ड्सको आगामी यात्रा रोक्न चाहन्छ । विश्वकप छनोटका लागि एक स्थान बाँकी रहँदा जिम्बावे, स्कटल्यान्ड र नेदरल्यान्ड्स दौडमा रहेका छन् । 
     


    सोमवार, आषाढ १८ २०८००८:३५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij