Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नक्कली नोटको कारोबार गर्ने एक जना पक्राउ

नक्कली नोटको कारोबार गर्ने एक जना पक्राउ

  • आइतवार, आषाढ १७ २०८०

  • 1.1K
    SHARES

  • नक्कली नोटको कारोबार गर्ने एक जना पक्राउ
    काठमाडौं । प्रहरीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ ।
     
    पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको ईमाडोल बस्ने वर्ष ४२ का  प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ ।
     
    उनलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा नक्कली नोटहरूको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इमाडोलबाटै पक्राउ गरेको कार्यालयका  प्रवक्ता एवम्  प्रहरी उपरीक्षक  रवीन्द्र रेग्मीले जानकारी दिनुभयो।
     
    उनका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।


    आइतवार, आषाढ १७ २०८००५:४१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij