Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images
आइसीसी एकदिवसीय विश्वकप छनोट

यूएईद्वारा नेपाललाई १८२ रनको लक्ष्य

यूएईद्वारा नेपाललाई १८२ रनको लक्ष्य

  • आइतवार, आषाढ १७ २०८०

  • 461
    SHARES

  • यूएईद्वारा नेपाललाई १८२ रनको लक्ष्य
    काठमाडौं ।  जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भइरहेको सेमिफाइनल खेलमा युएईले नेपाललाई १ सय ८२ रनको लक्ष्य दिएको छ । 
     
    जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलव ५ ओभरमा १ सय ८१ रनमा अलआउट भयो । 
     
    युएईका लागि यस खेलमा कप्तानी गरिरहेका वृत्य अरविन्दले ७५ बलमा ४ चौकाको सहयोगमा ४४ रन बनाए । वृत्य गुलसन झाको बलमा बोल्ड आउट भएका थिए । 
     
    युएईका ओपनर आसिफ खान इनिङको दोस्रो बलमा नै करण केसीको बलमा शून्य रनमा पेभिलियन फर्किएका थिए । दोस्रो विकेटका लागि आर्यांश शर्मा र वृत्यले ८८ बलमा ६४ रनको साझेदारी गरी युएईलाई खेलमा फर्काउने कोसिस गरेका थिए । 
     
    तर, शर्मा ४३ बलमा ३ चौकाको सहयोगमा २८ रन बनाउँदै सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो । 
     
    पाँचौ विकेटका लागि रोहन मुस्ताफा र बसिल हमिदले ७२ बलमा ५८ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । मुस्ताफा ५६ बलमा ३५ रन बनाउँदै आउट भएसँगै सो साझेदारी भङ्ग भएको थियो । हमिदले ३५ बलमा २९ रन बनाए ।
     
    संचित शर्मा १४ बलमा १२ रन तथा रमिज शाहजादले २८ बलमा १० रन बनाए । 
     
    नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३÷३ तथा प्रतिस जी.सी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १÷१ विकेट लिए । 
     
    यस खेलको विजेताले सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
     
    शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरी आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरेको हो । 
     
    यस खेलमा पराजित हुने टोलीले भने नवौं स्थानका लागि बिहीबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।


    आइतवार, आषाढ १७ २०८००४:३१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij