Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

युएईद्वारा नेपाललाई १ सय ८२ रनको लक्ष्य

युएईद्वारा नेपाललाई १ सय ८२ रनको लक्ष्य

  • आइतवार, आषाढ १७ २०८०

  • 529
    SHARES

  • युएईद्वारा नेपाललाई १ सय ८२ रनको लक्ष्य

    काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भईरहेको सेमिफाइनल खेलमा युएईले नेपाललाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।

    जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भयो ।

    युएईका लागि यस खेलमा कप्तानी गरिरहेका वृत्य अरबिन्दले ७५ बलमा ४ चौकाको सहयोगमा ४४ रन बनाए । वृत्य गुलसन झाको बलमा बोल्ड आउट भएका थिए ।

    युएईका ओपनर आसिफ खान इनिङको दोस्रो बलमा नै करण केसीको बलमा शुन्य रनमा पेभिलियन फर्किएका थिए । दोस्रो विकेटका लागि आर्यांश शर्मा र वृत्यले ८८ बलमा ६४ रनको साझेदारी गरी युएईलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।

    तर, शर्मा ४३ बलमा ३ चौकाको सहयोगमा २८ रन बनाउँदै सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो ।

    पाँचौ विकेटका लागि रोहन मुस्ताफ र बसिल हमिदले ७२ बलमा ५८ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । मुस्ताफा ५६ बलमा ३५ रन बनाउँदै आउट भएसँगै सो साझेदारी भङ्ग भएको थियो । हमिदले ३५ बलमा २९ रन बनाए ।

    यस खेलको विजेताले सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

    शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरि आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरेको हो ।

    यस खेलमा पराजित हुने टोलीले भने नवौं स्थानका लागि बिहीबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।


    आइतवार, आषाढ १७ २०८००४:२९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij