Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा

विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा

  • आइतवार, आषाढ १७ २०८०

  • 726
    SHARES

  • विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा
    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।
     
    मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टोले फिफा विश्वकप छनोट खेल्ने प्रारम्भिक ३० खेलाडीको नाम घोषणा गरेका छन् । 
     
    प्रारम्भिक टोलीको गोलकिपरमा किरणकुमार लिम्बु, अनिष देउजा, दीप कार्की, अभिषेक बराल रहेका छन् । 
     
    डिफेन्डरमा विमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष् गुरुङ, रोहित चन्द, सीमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा र अन्जन राई छन् । 
     
    त्यस्तै, मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आभाष लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल र कृतिश रत्न छन् । 
     
    यस्तै फरवार्डमा आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष् चौधरी, विमल घर्तिमगर, जिलेस्पी जंग कार्की र दिनेश हेन्जन छन् ।
     
    खेलाडीको बन्द प्रशिक्षण अगष्ट १ बाट सुरु हुने एन्फाले जनाएको छ ।
     
    नेपाल भर्खरै साफ च्याम्पियनसिप खेलेर फर्किएको छ । साबिक उपविजेता नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो ।
     
    साफ च्याम्पियनसिप सकेको नेपाल अब सन् २०२६ को विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ ।


    आइतवार, आषाढ १७ २०८००३:५३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij