चितवन। नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा ढुंगा खसेपछि सडक पुनः अवरुद्ध भएको छ। आज (शनिबार) बिहान ३ बजेदेखि फेरि सडक अवरूद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार पानी परिरहेको र लगातार ढुङ्गा खसिरहेका कारण पहिरो पन्छाउने काम सुरु गर्न सकिएको छैन। बिहीबार दिँउसो १ः२० बजेदेखि लगातार खसेको सुख्खा पहिरोका कारण अवरुद्ध बनेको सडक शुक्रबार साँझ एकतर्फी सडक खुलेको थियो।